निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोग कडा, थप नौ जनासँग स्पष्टीकरण माग
चितवन, १९ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ।
शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरिएकोमा आइतबार र सोमबार गरी थप नौ जनासँग स्पष्टीकरण सोधिएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गर्दै अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको उजुरी प्राप्त भएपछि स्पष्टीकरण सोधिएको हो।
थापालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ।
यस्तै झापा निर्वाचन क्षेत्र नम्बर–५ का रास्वपा उम्मेदवार बालेन्द्र शाहसँग सादा पोसाकका प्रहरी प्रयोग गरी भोट मागेको आरोपमा दोस्रोपटक स्पष्टीकरण सोधिएको छ। यसबाहेक सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा निर्वाचन चिह्न पेन्ट गरेको विषयमा नेकपा र उम्मेदवार माधव सापकोटासँग पनि आयोगले स्पष्टीकरण माग गरेको छ।


























