निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोग कडा, थप ९ जनासँग स्पष्टीकरण माग
प्रकाशित मिति: सोमबार, माघ १९, २०८२ | १८:००:२२
चितवन, १९ माघ । निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएपछि निर्वाचन आयोग थप कडा रूपमा प्रस्तुत भएको छ।
‘आयोगले पछिल्लो दुई दिनमा थप नौ जनासँग स्पष्टीकरण सोध्दै हालसम्म २९ जनालाई कारबाहीको दायरामा ल्याएको छ।
आयोगका अनुसार बाजुराका रास्वपा उम्मेदवार हेमराज थापाले सार्वजनिक पदाधिकारीविरुद्ध अमर्यादित, धम्कीपूर्ण तथा आचारसंहिता विपरीत अभिव्यक्ति दिएको उजुरी परेको छ। साथै निर्वाचन खर्च र आर्थिक स्रोत सङ्कलनसम्बन्धी मापदण्ड पालना भए–नभएको विषयमा समेत स्पष्ट जवाफ माग गरिएको छ।
यसैबीच निर्वाचन प्रचारप्रसारमा सुरक्षाकर्मीको दुरुपयोग र निर्वाचन चिह्न प्रदर्शन जस्ता विषयमा अन्य उम्मेदवार तथा दलहरूसँग पनि आयोगले स्पष्टीकरण माग गर्दै नियमन कडा बनाएको छ।
प्रकाशित मिति : सोमबार, माघ १९, २०८२ |
१८:००:२२
1

























