रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगे
प्रकाशित मिति: बिहिबार, माघ २२, २०८२ | १५:४२:५५
चितवन, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका लागि बिहीबार दिउँसो चितवन पुगेका छन्।
उनको सचिवालयका अनुसार आज उनी चितवनकै लंकु स्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने कार्यक्रम रहेको छ। पूजा सम्पन्न भएपछि लामिछाने भरतपुरस्थित विशालचोकमा रहेको आफ्नै घरमा पुग्नेछन्।
यसअघि माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो र उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी घरमै आराम गर्दै आएका थिए।
लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन्।
प्रकाशित मिति : बिहिबार, माघ २२, २०८२ |
१५:४२:५५
573

















