निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा दुर्गा प्रसाईं पक्राउ
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ | १५:२३:०४
चितवन, २३ माघ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट शुक्रबार प्रसाईंलाई पक्राउ गरिएको हो। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परेका थिए।
प्रकाशित मिति : शुक्रबार, माघ २३, २०८२ |
१५:२३:०४
837

















