टी–२० विश्वकप २०२६: नेपालले आज इङ्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ | १५:१०:१४
चितवन, २५ माघ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्यान्डसँग खेल्दैछ। तेस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपालले इङ्ल्यान्डविरुद्धको खेलमार्फत विश्वकपको औपचारिक यात्रा सुरु गर्न लागेको हो।
नेपाल र इङ्ल्यान्डबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। खेलका लागि टोली पूर्ण रूपमा तयार रहेको नेपालका कप्तान रोहित पौडेलले बताउनुभएको छ।
नेपाल समूह ‘सी’ मा रहेको छ। यस समूहमा दुई पटकको विजेता इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड पनि रहेका छन्। भारतसँगको विवादपछि बङ्गलादेशले सहभागिता नजनाएपछि आईसीसीले वरीयताको आधारमा स्कटल्यान्डलाई अवसर दिएको हो। इटालीले भने पहिलो पटक टी–२० विश्वकप खेल्दैछ।
प्रकाशित मिति : आइतबार, माघ २५, २०८२ |
१५:१०:१४
595

















