विश्वकप क्रिकेट: स्कटल्यान्डद्वारा इटाली ७३ रनले पराजित
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ | १७:१५:४८
चितवन, २६ माघ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनको फराकिलो अन्तरले हराएको छ। भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ दशमलव ४ ओभरमै १३४ रनमा सीमित भयो।
इटालीका लागि बेन मनान्तीले ५२ रनको अर्धशतकीय पारी खेले। साथै ह्यारी मनान्तीले ३७ रन जोड्दा अन्य ब्याट्सम्यान टिक्न सकेनन्। बलिङतर्फ स्कटल्यान्डका मिचल लिस्कले चार विकेट लिँदै निर्णायक भूमिका खेले।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन बनाएको थियो। जर्ज मुल्सेले ८४ रनको उत्कृष्ट योगदान दिए।
प्रकाशित मिति : सोमबार, माघ २६, २०८२ |
१७:१५:४८
661

















