निर्वाचन तयारी तीव्र, १० हजारभन्दा बढी बाकस मतपत्र प्याकिङ
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ | १८:१५:१५
चितवन, २६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ।
डोल्पादेखि बर्दियासम्मका ४४ जिल्लामा प्रयोग हुने मतपत्र छपाइ तथा प्याकिङको काम पूरा भइसकेको छ। ती जिल्लाका मतपत्र प्याकिङ गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ गरिएको छ।
मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि सुरु गरिएको हो।
प्रकाशित मिति : सोमबार, माघ २६, २०८२ |
१८:१५:१५
441

















