अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ | १८:२१:२३
चितवन, २६ माघ । प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ परेकाबाट ट्रामाडोल ट्याब्लेट तथा खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।
काठमाडौँ उपत्यकामा गरिएको कारबाहीका क्रममा तारकेश्वर र नारायणथान क्षेत्रबाट दुई जनालाई एक हजार ८०० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरिएको छ। त्यस्तै ढुङ्गेधारा र नरदेवीबाट समेत ट्रामाडोल ट्याब्लेटसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्।
उता कैलाली, मोरङ र सुर्खेतमा गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइन र नियन्त्रित लागूऔषधसहित विभिन्न उमेर समूहका व्यक्तिहरू पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, माघ २६, २०८२ |
१८:२१:२३
287



























