चितवनमा इन्स्पेक्टर महत जबर्जस्ती करणी आरोपमा पक्राउ
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२ | १६:२५:१२
चितवन, २८ माघ । महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा चितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् ।
उनीलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०८२ भदौ महिनामा महतले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप लगाउँदै एक महिलाले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।
पीडितका अनुसार खैरहनी क्षेत्रको एक होटलमा बोलाएर इन्स्पेक्टरले उक्त घटना घटाएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २८, २०८२ |
१६:२५:१२
639























