लमजुङमा जिप दुर्घटना, ७४ वर्षीया वृद्धाको मृत्यु
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२ | १७:३२:४५
चितवन, २८ माघ । मस्र्याङदी गाउँपालिका–९ स्थित मिर्चेमा आज भएको जिप दुर्घटनामा क्होलासोँथार–४ भुजुङकी ७४ वर्षीया मलकुमारी गुरुङको मृत्यु भएको छ।
सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको जिप चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहरमा ल्याइएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ।
प्रकाशित मिति : बुधबार, माघ २८, २०८२ |
१७:३२:४५
727

















