आज दुई संसदीय समितिको बैठक बस्दै
प्रकाशित मिति: बिहिबार, माघ २९, २०८२ | ९:१८:२९
चितवन, २९ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको पछिल्ला दुई वर्षको कामकारबाहीबारे समीक्षा गर्ने एजेन्डा तय गरिएको छ।
त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : बिहिबार, माघ २९, २०८२ |
९:१८:२९
155
















