निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन सुरु
प्रकाशित मिति: बिहिबार, माघ २९, २०८२ | १५:४०:५६
चितवन, २९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री निर्वाचन आयोगमा आउन थालेको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम तथा अन्य आवश्यक निर्देशिका छपाइ सम्पन्न भई आयोगमा प्राप्त हुन थालेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।
पहिलो चरणमा करिब पाँच हजार प्रति सामग्री आयोगमा आएको छ। ती सामग्री अन्य निर्वाचन सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने तयारी गरिएको छ।
मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, माघ २९, २०८२ |
१५:४०:५६
45





















