देउखुरीमा टिपर–अटोरिक्सा ठोक्किँदा चालकको मृत्यु, पाँच घाइते
प्रकाशित मिति: बिहिबार, माघ २९, २०८२ | १६:०१:४४
चितवन, २९ माघ । देउखुरीको कालाकाटे क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार भालुवाङबाट आइरहेको टिपर र विपरीत दिशाबाट गइरहेको अटोरिक्सा आपसमा ठोक्किएका थिए। दुर्घटनामा अटोरिक्सा चालक ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : बिहिबार, माघ २९, २०८२ |
१६:०१:४४
1






















