धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०५, २०८२ | १३:१५:३९
चितवन, ०५ फाल्गुण। धरान–२० बरडाँडामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेका दुई पिकअप गाडीलाई शंकाको आधारमा रोकी जाँच गर्दा जम्मा ९५५ केजी गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअप गाडीबाट ४९५ केजी र बीएसी ३२३६ नम्बरको गाडीबाट ४६० केजी गाँजा बरामद गरिएको हो।
पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०५, २०८२ |
१३:१५:३९
375


















