मलङ्गवामा बेवारिसे पेस्तोल पड्किँदा बालक घाइते
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०७, २०८२ | १८:२९:५४
चितवन, ०७ फाल्गुण। मलङ्गवा–४ को ढाकाबोर्डर क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार गोली बालकको दाहिने हातको पञ्जामा लागेको हो ।
घटनास्थलमा निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल नक्कली ठानी खेलाउने क्रममा पड्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०७, २०८२ |
१८:२९:५४
947


















