कांग्रेसले काठमाडौँमा चुनावी सभा गर्ने
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०८, २०८२ | १७:१२:०२
चितवन, ०८ फाल्गुण । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा आयोजना गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार सभामा सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
यस्तै, प्रदेशस्तरमा पनि ठूला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र ती कार्यक्रमको स्थान तथा मिति शनिबारसम्म टुंगो लगाइने चालिसेले जानकारी दिएका छन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०८, २०८२ |
१७:१२:०२
881





















