हावा चल्न थालेपछि काठमाडौँ उपत्यकामा वायुप्रदूषणमा सुधार, एक्युआइ ९९ मा झर्यो
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०८, २०८२ | १८:२८:०८
चितवन, ०८ फाल्गुण। वातावरणविद्हरूले काठमाडौँ उपत्यकामा देखिएको वायुप्रदूषणको सुधारलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।
हावा चल्न थालेपछि प्रदूषण घटेर एक्युआइ ९९ मा झरेको छ, जुन केही दिनअघिसम्म १९१ सम्म पुगेको थियो।
वातावरणविद् भुषण तुलाधरले वायुप्रदूषण दीर्घकालीन रूपमा नियन्त्रण गर्न समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षणलाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँका अनुसार यस्ता उपाय प्रभावकारी रूपमा कार्यान्वयन भए उपत्यकाको वायु गुणस्तर दीर्घकालीन रूपमा सुधार हुन सक्छ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०८, २०८२ |
१८:२८:०८
133





















