सुशीला कार्कीद्वारा लुम्बिनीका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन
प्रकाशित मिति: शनिबार, फाल्गुण ०९, २०८२ | १५:०६:०८
चितवन, ०९ फाल्गुण। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीबारे स्थलगत रूपमा बुझ्ने क्रममा आज लुम्बिनी क्षेत्रको भ्रमण गर्नुभएको छ ।
रुपन्देही जिल्लाका विभिन्न निकायसँग छलफलपछि लुम्बिनी पुग्नुभएका प्रधानमन्त्रीले मायादेवी मन्दिर, थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर तथा विश्वशान्ति स्तुपको अवलोकन गर्नुभएको हो ।
लुम्बिनी विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई स्वागत गर्दै कोषको गुरुयोजना, संरचना विकास तथा संरक्षणसम्बन्धी हालसम्मका गतिविधिबारे विस्तृत जानकारी गराएका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुण ०९, २०८२ |
१५:०६:०८
67





















