सुशीला कार्कीद्वारा प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्देशन
प्रकाशित मिति: शनिबार, फाल्गुण ०९, २०८२ | १५:१९:२६
चितवन, ०९ फाल्गुण। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायलाई जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
निर्वाचन तयारीको सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाबारे जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो ।
बैठकपछि प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जिल्लागत रूपमा चुनौती पहिचान गरी एकीकृत सुरक्षा योजनाअनुसार अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको जानकारी गराउनुभयो ।
प्रकाशित मिति : शनिबार, फाल्गुण ०९, २०८२ |
१५:१९:२६
1




















