मकवानपुरको मनहरीमा बस दुर्घटना, २२ यात्रु घाइते
प्रकाशित मिति: आइतबार, फाल्गुण १०, २०८२ | ९:५६:३७
चितवन, १० फाल्गुण । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकखण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँपट्टि रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १०, २०८२ |
९:५६:३७
397























