गौर–६ मा दुई समुदायबीच विवादपछि प्रशासनद्वारा निषेधाज्ञा कडाइ
प्रकाशित मिति: आइतबार, फाल्गुण १०, २०८२ | १२:३०:२३
चितवन, १० फाल्गुण। जिल्ला प्रशासन कार्यालयले गौर नगरपालिकाभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा लागू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी आदेशअनुसार अर्को सूचना नभएसम्म निषेधाज्ञा कायम रहनेछ ।
गौर–६ सवगढा गाउँमा दुई समुदायबीच भएको विवादपछि शनिबार दिउँसोदेखि लागू निषेधाज्ञा आज बिहान केही समय खुकुलो पारिए पनि पुनः जारी गरिएको हो ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १०, २०८२ |
१२:३०:२३
749























