अर्घाखाँचीमा १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा, मतदाताको मुख्य चासो बाँदर–बदेल नियन्त्रण
प्रकाशित मिति: आइतबार, फाल्गुण १०, २०८२ | १५:५६:३७
चितवन, १० फाल्गुण। अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चर्को प्रतिस्पर्धा देखिएको छ ।
जिल्लामा १ लाख ७१ हजारभन्दा बढी मतदाता रहेकामा करिब ५५ हजार युवा वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिर छन् ।
नेकपा एमालेका उम्मेदवार रामबहादुर चौहानले संघीय प्रतिनिधिको भूमिका नीति निर्माण भए पनि स्थानीय समस्या समाधानप्रति संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) ले जिल्लामा बढ्दो वन्यजन्तु–मानव द्वन्द्व समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विगतको निर्वाचन परिणाम, उम्मेदवारको लोकप्रियता र यसपटक थपिएका नयाँ मतदाताको निर्णयले निर्वाचन परिणाम निर्धारण गर्ने आकलन गरिएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १०, २०८२ |
१५:५६:३७
397























