चितवन क्षेत्र नं ३मा १२ वर्षपछि कांग्रेस र एमालेका मतदाताले आफ्नै चुनाव चिह्नमा मतदान गर्ने
प्रकाशित मिति: आइतबार, फाल्गुण १०, २०८२ | १६:०७:२६
चितवन, १० फाल्गुण। आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं ३ मा कांग्रेस र एमालेबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट शङ्करराज थपलिया उम्मेदवार छन् । दुवै पार्टीका आफ्नै चुनाव चिह्न यसपटक मतपत्रमा समावेश छन् ।
यस क्षेत्रमा अन्य दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यहाँ एक लाख ५५ हजारभन्दा बढी मतदाता रहेकामा ६३ मतदान स्थल र १७४ मतदान केन्द्रबाट मतदान हुनेछ । विगत निर्वाचनको परिणाम, गठबन्धनको इतिहास र यसपटकको सीधा प्रतिस्पर्धाले चितवन–३ को चुनावलाई चासोको विषय बनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १०, २०८२ |
१६:०७:२६
177























