पाको उमेर, उस्तै जोश: झापा–१ का उम्मेदवार भट्टराईको चुनावी अभियान
प्रकाशित मिति: सोमबार, फाल्गुण ११, २०८२ | १३:४४:३८
चितवन, ११ फाल्गुण। झोलामा पर्चा र घोषणापत्र बोकेर झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत माग्दै हिँडिरहनुभएका हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशका १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका हुनुहुन्छ ।
मेचीनगर नगरपालिका–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल किसान मजदुर पार्टीका उम्मेदवार हुनुहुन्छ । उमेरले पाको भए पनि उहाँ घरदैलोमा पुगेर मत माग्दा थाकेको देखिनुहुन्न ।
धार्मिक तथा आयुर्वेद विज्ञानमा गहिरो अभिरुची राख्ने भट्टराईका जडीबुटीसम्बन्धी १४ पुस्तक प्रकाशित छन् । नेपाली परम्परा र संस्कृतिको संरक्षणका लागि लामो समयदेखि सक्रिय उहाँ पार्टीको आग्रहमा उम्मेदवार बनेको बताउनुहुन्छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ११, २०८२ |
१३:४४:३८
1






















