आसन्न प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता
प्रकाशित मिति: बुधबार, फाल्गुण १३, २०८२ | १७:४१:५२
चितवन, १३ फाल्गुण। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् ।
यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलबाट मतदान गर्न पाउनेछन् ।
निर्धारित मतदानस्थलमा उपस्थित हुन नसक्ने मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था रहेको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा अन्य कारणले आफ्नो स्थायी मतदानस्थलमा पुग्न नसक्ने व्यक्तिहरू यस सूचीमा परेका छन् ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार अस्थायी मतदाताका लागि देशभर १४३ मतदानस्थल निर्धारण गरिएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १३, २०८२ |
१७:४१:५२
287




















