पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु
प्रकाशित मिति: बुधबार, फाल्गुण १३, २०८२ | १८:५५:५२
चितवन, १३ फाल्गुण। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १३, २०८२ |
१८:५५:५२
199




















