परराष्ट्रमन्त्री शर्मासँग चीन र मालदिभ्सका राजदूतको शिष्टाचार भेट
प्रकाशित मिति: बुधबार, फाल्गुण १३, २०८२ | १९:०६:१४
चितवन, १३ फाल्गुण। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग आज नेपालका लागि चीन र मालदिभ्सका राजदूतहरूले शिष्टाचार भेट गरेका छन् ।
मन्त्री शर्माको कार्यकक्षमा भएको चीनका राजदूत चाङ माओमिङसँगको भेटमा नेपाल–चीनबीचको सहकार्य, कूटनीतिक सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमासँगको भेटमा पनि द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको मन्त्रालयको भनाइ छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १३, २०८२ |
१९:०६:१४
177




















