रवि लामिछाने: सिंहदरबार पुनः बन्न सक्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन
प्रकाशित मिति: बिहिबार, फाल्गुण १४, २०८२ | १८:२१:३६
चितवन, १४ फाल्गुण। गोरखाबाट बोल्दै रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनको जिम्मेवारी राज्यले लिनुपर्ने संकेत गर्नुभएको छ। उहाँले आन्दोलनको क्रममा पहिले गोली चलेपछि मात्र सिंहदरबारमा आगजनी भएको दाबी गर्दै मानवीय क्षतिलाई केन्द्रमा राखेर मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयो।
“सरकारी संरचना फेरि उठ्न सक्छ,” लामिछानेले भन्नुभयो, “तर ढलेको मान्छे र आमा गुमाएको सन्तान कहिल्यै फर्किँदैन।”
उहाँले आफू वा अरू कोही पनि प्रश्नभन्दा माथि नरहेको उल्लेख गर्दै जवाफदेही शासन प्रणाली आवश्यक भएको बताउनुभयो। सभापति लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित अर्को चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १४, २०८२ |
१८:२१:३६
617




















