नेपालको पहिलो निर्वाचनदेखि पहिलो जननिर्वाचित सरकारसम्म: संसदीय इतिहासको यात्रा
प्रकाशित मिति: बिहिबार, फाल्गुण १४, २०८२ | १८:३१:३५
चितवन, १४ फाल्गुण। नेपालमा निर्वाचन प्रक्रियाको आरम्भ स्थानीय निकायको निर्वाचनबाट भएको देखिन्छ।
विसं २००४ जेठ २९ गते काठमाडौँका शहरी क्षेत्रका नागरिकले पहिलो पटक मताधिकार प्रयोग गर्दै आफ्ना प्रतिनिधि छनोट गरेका थिए।

यही निर्वाचनमार्फत काठमाडौँमा पहिलो निर्वाचित म्युनिसिपालिटी गठन भएको थियो, जसलाई नेपालको पहिलो ऐतिहासिक निर्वाचन मानिन्छ।
संसदीय निर्वाचनको इतिहासमा भने २०१५ सालको निर्वाचनलाई पहिलो आम निर्वाचनका रूपमा लिइन्छ।
२००७ सालको जनक्रान्तिपछि राणा शासनको अन्त्य भई निर्वाचित जनप्रतिनिधिमार्फत संविधान निर्माण गर्ने लक्ष्यसहित यो निर्वाचन सम्पन्न भएको हो। सो समय दुई सदनात्मक संसदको व्यवस्था थियो, जसमा प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमार्फत गठन गरिएको थियो।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १४, २०८२ |
१८:३१:३५
265





















