उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा निर्वाचन आयोगको निगरानी
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १५, २०८२ | १२:०८:३४
चितवन, १५ फाल्गुण । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवार सदस्यहरूको बैंक खातामाथि निगरानी सुरु गरेको छ।
निर्वाचनसम्बन्धी सबै खर्च बैंकिङ प्रणालीमार्फत गर्नका लागि राजनीतिक दल र उम्मेदवारलाई बारम्बार बैंक खाता खोल्न आग्रह गरिए पनि अधिकांशले बैंकिङ प्रणाली बाहिरबाट खर्च गरेको पाइएपछि आयोगले परिवारका खातासमेत निगरानीमा राख्ने निर्णय गरेको हो।
चुनावी खर्च पारदर्शी बनाउन आचारसंहितामै बैंक खातामार्फत मात्र निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरिएको थियो। उक्त प्रावधानको पूर्ण पालन नभएपछि प्रचारप्रसार अवधिमा उम्मेदवारसँगै उनका परिवार सदस्यहरूको बैंक कारोबारमाथि समेत निगरानी कडा गरिएको आयोगले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १५, २०८२ |
१२:०८:३४
1



















