रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोह
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०७, २०८२ | १३:५२:०८
चितवन, ०७ फाल्गुण। राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको छ ।
प्रथम महिला सविता पौडेलसहित उहाँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा सरिक हुनुभएको हो ।
समारोहका क्रममा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा नेपालको कला, संस्कृति र पहिचान झल्किने झाँकी, मार्चपास, नृत्य तथा साङ्गीतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०७, २०८२ |
१३:५२:०८
441





















