राष्ट्रिय समाचार समिति (रासस) इतिहासको साक्षी मात्र होइन, अभिलेखकर्ता पनि हो : महाप्रबन्धक राई
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०७, २०८२ | १५:४५:२४
चितवन, ०७ फाल्गुण। राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दिप राईले रासस केवल इतिहासको साक्षी मात्र नभई इतिहासको अभिलेखकर्ता बनेर नेपाल र नेपालीसामू उभिएको बताउनुभएको छ ।
राससको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा स्वागत मन्तव्य राख्दै उहाँले साढे छ दशकको यात्रामा राससले देशका ठूला राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनलाई नजिकबाट नियालेको उल्लेख गर्नुभयो ।
महाप्रबन्धक राईका अनुसार विभिन्न आरोह–अवरोह पार गर्दै राससले आफ्नो संस्थागत जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०७, २०८२ |
१५:४५:२४
221





















