गगनकुमार थापाको आह्वान: कांग्रेसलाई जिताएर अबको पाँच वर्ष स्वर्णिम बनाऔँ
प्रकाशित मिति: बिहिबार, फाल्गुण १४, २०८२ | १८:१०:१८
चितवन, १४ फाल्गुण। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष मुलुकका लागि ऐतिहासिक अवसर भएको बताउनुभएको छ।
सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो।
थापाले विगत पाँच–छ वर्ष सरकार बनाउने र फेर्ने काममै बितेको भन्दै त्यसले युवापुस्तालाई निराश बनाएको उल्लेख गर्नुभयो। उहाँले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई ‘स्वर्णिम काल’ बनाउने सपना र योजना कांग्रेससँग रहेको दाबी गर्नुभयो।
सभापति थापाले सबै दलसँग साझा योजनाका लागि बस्न तयार रहेको बताउँदै नाटक र भ्रमको राजनीति कर्णालीले पत्याउन नहुने धारणा राख्नुभयो।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १४, २०८२ |
१८:१०:१८
595




















