आजको राशिफल
चितवन, ३० असोज । आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल ।
मेष: दिन अनुकूल छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। परीक्षा दिएका विद्यार्थीका नतिजा सकारात्मक रहनेछन्। राजनीति र सामाजिक सेवामा अवसर प्राप्त हुनेछ। आफ्नो परिश्रमको परिणामले मन प्रसन्न हुनेछ।
वृष: पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा र स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। आम्दानी बढ्ने संकेत छन्। प्रेम सम्बन्धमा मिठास रहनेछ। दिन सुखद र सफल हुनेछ।
मिथुन: अत्यन्त शुभ दिन। विदेशमा गरिएको लगानीबाट फाइदा हुनेछ। विपक्षीहरू पनि तपाईंको प्रशंसा गर्नेछन्। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ।
कर्कट: अनुकूल समय। बोली र व्यवहारमा सन्तुलन कायम राख्नुहोस्। यात्राबाट फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। उपचारमा सुधारका संकेत छन्।
सिंह: सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। अरूलाई सहयोग गर्न पाउँदा सन्तोष मिल्नेछ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ, सावधानी अपनाउनुहोस्। आफ्नै निर्णयमा अघि बढ्दा लाभ हुनेछ।
कन्या: सामान्य शुभ दिन। तपाईंको बोलीले काम बन्नेछ। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिमा सकारात्मक संकेत छन्।
तुला: शुभ दिन। वाक्कौशलले काम सफल हुनेछ। लगानी उठ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, परिवारको सल्लाह लिनु उपयुक्त हुनेछ।
वृश्चिक: शिक्षामा लगानी फाइदाजनक हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। तपाईंको प्रशंसा बढ्नेछ। नयाँ व्यापार सुरु नगर्नु राम्रो। परिवारबाट सहयोग प्राप्त हुनेछ।
धनु: सामान्य शुभ दिन। स्वास्थ्य लाभ हुनेछ तर पढाइमा ढिलाइ हुन सक्छ। सामाजिक क्षेत्रमा केही चुनौती आइपर्न सक्छन्। शत्रु बढ्न सक्छन्, मिहिनेतले सफलता दिलाउनेछ।
मकर: शुभ दिन। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। पारिवारिक सम्बन्ध मजबुत हुनेछ। कार्यालयमा पदोन्नतिको सम्भावना छ। परिवारको सल्लाहमा अघि बढ्दा सफलता मिल्नेछ।
कुम्भ: दिन सामान्य रहनेछ। काममा अवरोध आउन सक्छ र शत्रु बढ्ने सम्भावना छ। संकटका बेला जीवनसाथीको साथ मिल्नेछ। स्वास्थ्यमा समस्या हुन सक्छ, निर्णयमा हतार नगर्नुहोस्।
मीन: शुभ दिन। धार्मिक कार्यमा मन जानेछ। शिक्षा र स्वास्थ्यमा लगानी फाइदाजनक हुनेछ। नयाँ अवसर प्राप्त हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा सफलता मिल्नेछ।

















