स्कुटर दुर्घटना हुँदा भरतपुरमा दुईजनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, कार्तिक ०४, २०८२ | ८:२८:११
चितवन , ४ कार्तिक । चितवनमा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० एयरपोर्ट अगाडी स्कुटर अनियंत्रित भएर पल्टिदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती करिव २ बजे बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर पल्टिदा स्कुटर चालक चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटरमा सवार भरतपुर २१ निवासी २८ वार्षिय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनमा गम्भीर घाइते दुबै जनाको उपचार को लागि भरतपुर अस्पताल पठाइएकोमा उपचारको क्रममा ०२:३५ मा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ०४, २०८२ |
८:२८:११
507