चितवनमा सातवटा सवारीसाधन ठक्करखादा २१ जना घाइते
प्रकाशित मिति: शनिबार, कार्तिक ०१, २०८२ | ८:५६:१७
चितवन , १ कार्तिक । चितवनमा सातवटा सवारीसाधन ठक्कर खाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ गाईघाटमा सातवटा सवारीसाधन आज बिहान ठक्कर खाएको हो । दुर्घटनामा परि २१ जना घाइते भएको र उनीहरुको भरतपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र नारायणगढतर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठक्कर खाएको थियो । उक्त बसको पछाडी ना ७ ख ९६०७ नम्बरको टेलर, टेलरको पछाडी बा.प्र. ०६-००१ ग ०४८४ नम्बरको इभि माईक्रो,माइक्रोको पछाडी ग २ ख १६२६ नम्बरको बस,बसको पछाडी ना ३ च ३२५६ नम्बरको बलेरो र बोलेरोको पछाडी विएवि ८४७० नम्बर को कार ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना पश्चात् सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक ०१, २०८२ |
८:५६:१७
5721


















