बानेश्वरमा महिला प्रहरीमाथि हातपात, २७ वर्षीय युवक पक्राउ
प्रकाशित मिति: मंगलबार, भाद्र ०९, २०८३ | १६:०२:१३
चितवन, ०९ भाद्र । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
मंगलबार बिहान जथाभावी बाटो काट्न खोजेका कठायतलाई महिला प्रहरी जवानले आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। सोही क्रममा उनले ट्राफिक प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०९, २०८३ |
१६:०२:१३
177
























