नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
नवलपरासी , १७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान ४:०० बजेको समयमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएको हो ।
प्रहरीका अनुसार उक्त बसमा चालकसहित कुल १८ जना सवार रहेका थिए जसमध्ये ६ जनाको मृत्यु भएको छ, १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् । दुर्घटनामा परी घाइते भएका सबै १० जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएकोमा हाल सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
मृतकको बिवरण
१. जिल्ला जाजरकोट भेरी न.पा.३ बस्ने बर्ष ५० को निर्जुङ खत्री ।
२.जिल्ला बाँके कोहलपुर न.पा. वडा नं ३ बस्ने बर्ष ३२ को दिपेन्द्र के.सी.।
३.जिल्ला बाजुरा स्वामीकार्तिक गा.पा.वर्ष ६५ को नरेन्द्रराज गिरी
४.जिल्ला बाँके कोहलपुर न.पा.१० बस्ने वर्ष ५५ को एकेन्द्रराज रेग्मीको ।
५ .जिल्ला बाँके नेपालगंज उ.म.न.पा.७ बस्ने वर्ष २२ को कृष कनौजिया
६. हाल नामथर वतन नखुलेको अं.४०/४२ वर्षको पुरुष व्यक्ति बिवरण खुल्न बाँकी
घाईतेहरु
१.जिल्ला गोरखा गोरखा न.पा. ९ बस्ने बर्ष ३० को हरिशरण थापा बोल्न सक्ने मध्यम ।
२.जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने बर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी भित्री चोट बोल्न सक्ने अवस्था मध्यम ।
३.जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने बर्ष २० की आकृती थारु –अनुहार, खुट्टा, कम्मरमा भित्रि चोट बोल्न सक्ने मध्यम
४.जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने बर्ष ३२ को पवन बुढा –अनुहार, बायाँ हातमा चोट बोल्न सक्ने मध्यम ।
५.जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने बर्ष २८ को सञ्जय थारु –अनुहार र दुवै हातमा चोट सामान्य
६.जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने बर्ष २५ को प्रेम बम – कम्मरमा चोट अवस्था सामान्य
७.जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने बर्ष २९ को अनोज खत्री टाउकोमा चोट बोल्न सक्ने अवस्था मध्यम
८.जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बर्ष ३६ को लाल ब. कार्की –कम्मर, टाउकोमा चोट बोल्न सक्ने अवस्था मध्यम ।
९.जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने बर्ष ४८ को अस्लाम भगवान- टाउकोमा चोट अवस्था गम्भिर, उपचारको क्रममा नंया मेडिकल कलेज चितवन रिफर भएको ।
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने बर्ष २१ को अनिल बुढाथोकी- बायाँ हातमा सामान्य चोट ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















