मकवानपुरमा इभि माइक्रो दुर्घटना:चालकसहित १० जनाको मृत्यु, ५ जना घाइते
प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०८३ | ९:४५:२६
मकवानपुर, २६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
आज बिहान अन्दाजी ५:४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो।
प्रारम्भिक विवरण अनुसार दुर्घटना भएको गाडीमा चालकसहित १४ जना सवार रहेको खुलेको छ। दुर्घटनालगत्तै उद्धार कार्य सुरु गरिएको थियो भने घाइते ५ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। मृतक तथा घाइतेहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०८३ |
९:४५:२६
111





















