टोर्नाडोले फ्रान्सको पोमासमा तहसनहस, ४१ जना घाइते
प्रकाशित मिति: मंगलबार, भाद्र ०९, २०८३ | १६:४७:०८
चितवन, ०९ भाद्र । फ्रान्सको दक्षिणपश्चिमी क्षेत्रमा आएको भीषण टोर्नाडोले पोमास गाउँमा ठूलो क्षति पुर्याएको छ। आँधीबाट करिब ३०० घर प्रभावित भएका छन् भने ४१ जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये १५ जनालाई अस्पताल पुर्याएर उपचार भइरहेको छ। आँधीले घरका छाना उडाउनुका साथै अन्य भौतिक संरचनामा समेत क्षति गरेको छ।
उद्धार तथा राहतका लागि १२० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको छ। घर भत्किँदा एक गर्भवती महिला घाइते भएको उनका श्रीमान्ले बताएका छन्।
टोर्नाडोका कारण केही क्षेत्रमा विद्युत् र यातायात सेवा अवरुद्ध भएको जनाइएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०९, २०८३ |
१६:४७:०८
177
























