खैरहनीमा ट्रक र मोटरसाइकल ठक्करखादा एकजना गम्भीर घाइते
प्रकाशित मिति: शुक्रबार, आश्विन ०२, २०८३ | १४:३६:१०
चितवन, २ असोज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ मा शुक्रबार दिउँसो मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। दिउँसो अन्दाजी १:१५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ क ५०९९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५६१२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४, चैनपुर बस्ने अन्दाजी २७ वर्षका राजेश भुजेल घाइते भएका छन्। उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। घाइते भुजेललाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ। दुर्घटनापछि ट्रक र त्यसका चालकसहित दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०२, २०८३ |
१४:३६:१०
89





















