खैरहनी कांग्रेस नगर सभापतिमा शंकर कँडेलको उम्मेदवारी घोषणा
चितवन , ६ असोज । नेपाली कांग्रेस खैरहनी नगर समितिको आगामी नगर सभापति पदका लागि शंकर कँडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। “अनुभवबाट नेतृत्व, सहकार्यबाट संगठन, एकताबाट बलियो कांग्रेस” भन्ने मुख्य नाराका साथ उहाँले खैरहनी कांग्रेसलाई अझ एकताबद्ध, गतिशीलता र जनमुखी बनाउने संकल्पसहित उम्मेदवारी अघि सार्नुभएको हो।
हाल खैरहनी–८ को पार्टीको वडा सभापति र वडा अध्यक्षको रूपमा समेत जिम्मेवारी निभाउँदै आउनुभएका कँडेलले पार्टी संगठन र स्थानीय तहको नेतृत्वको सिकाइलाई नगर संगठनको सुदृढीकरणमा लगाउने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले एकीकृत संगठन , युवा सहभागीता र नेतृत्व , नियमित रचनात्मक गतिविधि र प्रत्यक्ष सम्वाद र सद्भावलाई प्राथमिकता दिने बताउनुभएको छ । उहाँको मुख्य प्रतिबद्धताहरुमा : सबै तहका साथीहरूलाई समेट्दै कांग्रेसलाई अझ एकताबद्ध, मर्यादित र व्यवस्थित बनाइनेछ। खैरहनीका १३ वटै वडाबीच समन्वय र सहकार्य गर्दै तल्लो तहदेखि नै संगठनलाई गतिशीलता प्रदान गरिनेछ। युवा सहभागिता र नेतृत्व: नयाँ पुस्ताका युवाहरूलाई संगठनको निर्णय प्रक्रिया र नेतृत्वमा अर्थपूर्ण रूपमा जोडिनेछ। पार्टीका अग्रजहरूको मार्गदर्शन र युवाहरूको ऊर्जालाई एकै ठाउँमा मिसाइनेछ। नगर र वडा तहबीच नियमित संवाद, बैठक, र प्रशिक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिने ।कार्यकर्ता र अगुवाहरूको सुझावलाई प्राथमिकता दिँदै फरक विचारको सम्मान र असहमतिका बीच पनि सहकार्यको साझा वातावरण निर्माण गरिने रहेका छन् । कँडेलले आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई संगठनलाई नयाँ उचाइमा पुर्याउनका लागि भएको स्पष्ट पार्दै सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूको अमूल्य साथ, सहयोग र सद्भावको अपेक्षा गर्नुभएको छ।



















