पुर्विचितवनका केही क्षेत्रमा मंगलबार विद्युत सेवा अवरुद्ध हुने: रुखका हाँगा काट्न लाइन ‘सटडाउन’ गरिंदै
चितवनमा मंगलबार विद्युत सेवा अवरुद्ध हुने: रुखका हाँगा काट्न लाइन ‘सटडाउन’ गरिंद
चितवन, ५ असोज – पुर्विचितवनको केही क्षेत्रमा मंगलबार विद्युत अवरुद्ध हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण, रत्ननगर टाँडी वितरण केन्द्रले भोलि मंगलबार यस क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। वितरण केन्द्रका अनुसार पर्सा ३३ के.भि. सबस्टेशनबाट सञ्चालन भइरहेको ११ के.भि. चैनपुर फिडरअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा विद्युत लाइनको दुवैतर्फ बाटोमा छोएका तथा छुने सम्भावित रुखका हाँगाविगा काट्नु पर्ने भएकाले विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लाइन ‘सटडाउन’ हुने भएको हो ।
खैरहनी नगरपालिकाको कुन्नाघारीदेखि गैडाहालसम्म, रत्ननगर नगरपालिकाको तिलकवहादुर चोकदेखि हात्ती गाडे र खैरैटी क्षेत्र तथा कालिका नगरपालिकाको जुटपानी बजार हुँदै कालिका मन्दिर, गैरीबारी, शक्तिखोरदेखि सिद्धी चोकसम्मका क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
विद्युत लाइनमा अवरोध पुर्याएका तथा छुने सम्भावित रुखका हाँगा काट्ने यस कार्यका लागि लाइन बन्द रहनेछ। यस कार्यबाट भविष्यमा विद्युत लाइनको गुणस्तर तथा निरन्तरतामा सुधार आउने प्राधिकरणले जनाएको छ।



















