चितवनमा तेल ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, आश्विन ०१, २०८३ | २२:२३:२०
चितवन, १ असोज । पूर्वी चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगर स्थित पूर्व-पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ करिब ७:४५ बजे भण्डाराबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६- ००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ६६०१ नम्बरको तेल ट्यांकर एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परि खैरहनी नगरपालिका–१० बस्ने अन्दाजी ३२-३३ वर्षका शक्ति चौधरी र उनका भाइ अन्दाजी २८-२९ वर्षका नसिब चौधरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुवैलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पश्चात् स्थानीय तथा आफन्त सडक अवरुद्ध गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०१, २०८३ |
२२:२३:२०
89




















