ग्रेस इन्टरनेशनलद्वारा २०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार पर्सामा रक्तदान कार्यक्रम गर्ने
चितवन । वैदेशिक अध्ययन तथा शैक्षिक परामर्शको क्षेत्रमा विगत दुई दशकदेखि संचालनमा रहेको ग्रेस इन्टरनेशनल पर्साले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले आगामी कार्तिक २० गते शुक्रबारका दिन रक्तदान कार्यक्रम गर्न लागेको हो।
खैरहनी ८ पर्सास्थित ग्रेस इन्टरनेशनलको कार्यालय परिसरमा आयोजना हुने उक्त कार्यक्रम बिहान ७ बजेदेखि सुरु हुनेछ। “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो कार्यक्रममार्फत सङ्कलन गरिने रगत रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिनेछ। ग्रेस इन्टरनेशनल पर्साका निर्देशक दीपक सापकोटाका अनुसार संस्थाले दुई दशकको अवधिमा हजारौँ विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि सही मार्गदर्शन प्रदान गर्दै आएको छ। वार्षिकोत्सवको गौरवमय अवसरलाई केवल उत्सवमा मात्र सीमित नराखी सामाजिक कार्यसँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको निर्देशक सापकोटाले जानकारी दिए।
संस्थाले आगामी दिनहरूमा पनि गुणस्तरीय शैक्षिक परामर्श तथा वैदेशिक अध्ययन मार्गदर्शनका साथै विभिन्न सामाजिक सेवाका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। आयोजकले सम्पूर्ण विद्यार्थी, अभिभावक, समाजसेवी तथा सर्वसाधारणलाई उपस्थिति भई रक्तदान गरी कार्यक्रम भव्य रूपमा सफल पारिदिन हार्दिक आह्वान गरेको छ।




















