बाढिपिडितको लागि ग्लो साईनका विद्यार्थी तथा शिक्षकद्वारा १ लाख ८३ हजार सहयोग
चितवन, १८ भदौ । ग्लो साइनका विद्यार्थी र शिक्षकद्वारा बाढीपीडितका लागि १ लाख ८३ हजारभन्दा बढी सहयोग जुटाएका छन् । ग्लो साइनका विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनले संयुक्त रूपमा पहल गरी बाढीपीडितहरूका लागि कुल १ लाख ८३ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरेका छन्।
बाढी र पहिरोका कारण प्रभावित भएका परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यार्थीहरू स्वयं अग्रसर भई ७४ हजार ८ सय ८० रुपैयाँ संकलन गरेका हुन्। त्यसैगरी, विद्यालय प्रशासन र शिक्षकहरूको तर्फबाट १ लाख ८ हजार ६ सय २५ रुपैयाँ संकलन भएको छ । विद्यार्थीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको र शिक्षक तथा विद्यालय प्रशासनबाट संकलित रकम प्याब्सन मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले जानकारी दिए । दु:खको बेला विद्यार्थीहरू स्वयम् सक्रिय हुँदै आफनो खाजा खर्च र आफ्नो बचतबाट मानवीय संवेदनाको अनुसार सहयोग गर्ने कार्य उदाहरणिय भएको प्रधानाध्यापक अधिकारीले बताए ।


















