टिकौलिमा कार र मिनिबस ठक्कर खायो, मिनिबसमा च्यापिएर एकजनाको मृत्यु
चितवन , ४ कार्तिक । पुर्वीचितवनको टिकौली जंगलमा कार र मिनिबस ठक्करखादा एकजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर ९ स्थित टिकौली जंगलमा आज अपरान्ह करिव ५ बजे कार र मिनिबस ठक्कर खाएको थियो । नारायणगढबाट टांडी तर्फ आउंदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र बिपरित दिशाबाट जांदै गरेको बा वि ५००८ नम्बरको कार एक आपसमा ठक्कर खाएर मिनिबस सडकमा पल्टिएको थियोे ।
मिनिबस पल्टिदा मिनिबसमा च्यापिएर एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि रत्ननगर नगरपालिका वडा नम्बर १० निवासी वर्ष ३३ कि पुजा सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा मिनिबसका चालक सहित ९ जना घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले कार चालक काठमाण्डौ जिल्ला तारकेश्वर न.पा.१० बस्ने बर्ष ४४ को सुवास भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
घाइतेको विवरण र अवस्था
१.बस चालक जिल्ला चितवन राति न.पा.२ बस्ने वर्ष ३६ को सुरज कडेल, मध्यम ।
२.बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज काप्री, सामान्य |
३.जिल्ला चितवन रत्ननगर न.पा. ७ झुवानी बस्ने वर्ष २७ को प्रभु नारायण महत्वको, सामान्य|
४.ऐ.बस्ने निजको छोरा वर्ष ८ को रियान्स महत्वको सामान्य ।
५.बसमा सवार जिल्ला नुवाकोट थोप्रे गा.पा.४ बस्ने बर्ष ३५ की सिता तामाङ, सामान्य ।
६.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.१२ बस्ने बर्ष ३७ की शोभा आचार्य, सामान्य ।
७.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य सामान्य ।
८. जि.चितवन राप्ती न.पा.३ बस्ने बर्ष २८ की सबिता राई, सामान्य ।
९.बसमा सवार जिल्ला गोर्खा बारपाक सुलिकोट गा.पा.३ बस्ने बर्ष ५५ की माईता गुरुङ, सामान्य ।