मोटरसाइकल दुर्घटनामा परि खैरहनीमा एकजनाको मृत्यु
प्रकाशित मिति: बुधबार, कार्तिक ०५, २०८२ | ७:०३:५४
चितवन , ५ कार्तिक । खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ जनजिवन टोल स्थित भित्री सडकमा बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल गएराती करिव सवा १२ बजे आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेको अन्दाजी २२/२३ वर्षको पुरुषलाई उपचारको लागि भरतपुर अस्पताल पठाउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
प्रकाशित मिति : बुधबार, कार्तिक ०५, २०८२ |
७:०३:५४
639