आज सुनचाँदीको मूल्यमा घट्यो
  प्रकाशित मिति:  आइतबार, कार्तिक ०९, २०८२ |  ११:४३:१०                                                                
                              
चितवन ,०९ कार्तिक । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु २,४१,९०० र चाँदीको मूल्य तोलामा रु ३,०१५ कायम भएको छ ।
तिहारपछि सुनको मूल्य तोलामा रु ११,६०० र चाँदीमा रु २६५ ले कमी आएको हो । कात्तिक ३ गते सुन प्रतितोला रु २,५३,५०० र चाँदी रु ३,२८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४,११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
  
		 		  प्रकाशित मिति :    आइतबार, कार्तिक ०९, २०८२ |   
			 ११:४३:१०                                
                                 925                                
                                
                                 
                                
       
						  
					
    



















