आज सुनचाँदीको मूल्यमा घट्यो
प्रकाशित मिति: आइतबार, कार्तिक ०९, २०८२ | ११:४३:१०
चितवन ,०९ कार्तिक । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु २,४१,९०० र चाँदीको मूल्य तोलामा रु ३,०१५ कायम भएको छ ।
तिहारपछि सुनको मूल्य तोलामा रु ११,६०० र चाँदीमा रु २६५ ले कमी आएको हो । कात्तिक ३ गते सुन प्रतितोला रु २,५३,५०० र चाँदी रु ३,२८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४,११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०९, २०८२ |
११:४३:१०
2927



















